माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका शैक्षिक निर्देशक राजु केसीका अनुसार सोही कार्यक्रमममा प्रतियोगितामा सहभागी अभिभावक तथा विद्यार्थीलाई खेलकुद, नृत्य तथा अन्य बिविध बिधामा उत्कृष्ट स्थान ल्याउन सफल व्यक्ति तथा समुहलाई प्रमाणपत्रको साथ पुरस्कार वितरण गरिएको थियो ।

सोही कार्यक्रममा हालै सम्पन्न भएको दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट जिपिए र स्थान को सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए ।

उनले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सिपमूलक शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सांस्कृतिक तथा खेलकूद जस्ता अतिरिक्त क्रियाकलापले विद्यालय, अभिभावक र बालबालिकाहरूलाई सामिप्यता कायम राख्न सक्षम भएको बताउदै अभिभावकको योगदान अतुलनीय रहेको बताए ।

दशैँ तिहार शुभकामना आदान–प्रदान कार्यक्रम एवम पुरस्कार वितरण समारोह का अध्यक्षता विद्यालयका अध्यक्ष प्रमोद श्रेष्ठले गरेका थिए भने संस्थापक सुविन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन एवं सञ्चालन शिक्षक सुरेन्द्र थापाले गरेका थिए । विद्यालयले विद्यार्थीलाई नेपालीको चाडपर्वको महत्वका साथै विभिन्न विषयमा जानकारी समेत गराउने गरेको छ ।

Leave a Reply