नेपालीहरुको मुख्य पर्व बडादसैँ अन्तर्गत नवदुर्गाको सातौं दिन हिजो (शनिवार) म्याग्दीका विभिन्न कोत मन्दिरहरुमा हर्ष बढाइँका साथ फूलपाती भित्रायाइएको छ। । सदरमुकाम बेनीमा रहेको बेनी कोत मन्दिरसहित जिल्लाका अन्य कोत मन्दिरहरुमा धार्मिक परम्परा र हिन्दु संस्कार अनुसार पुजापाठ गरी फुलपाती भित्रायाइएको  हो ।

बेनी कोतभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादसैँको सप्तमीका दिन बेनी कोत मन्दिरमा फूलपाती भिœयाइएको छ । बेनीबजार र नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको व्यारेक शत्रुभञ्जन गुल्मबाट ल्याइएको फुलपाती बेनीको बेनी कोत मन्दिरमा भित्रायाइएको  थियो । कोत मन्दिरबाट सुरु भएको पञ्चेबाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पूजा गरेर कुष्माण्ड (फूर्से) र बोका (छाग)को बलि दिई कोतमा फुलपाती भित्रायाइएको छ ।

हिन्दू धर्म, संस्कृति र परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी फूलपाती भिœयाइएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ । फुलपाती भिœयाउने क्रममा नेपाली सेना तथा प्रहरी जवानहरुले तोप पड्काउनुका साथै सलामी अर्पण गरेका थिए । परम्परागत रुपमा मनाइने फुलपाती पर्वको धार्मिक विधि र प्रक्रिया अनुसार पूजाआजा गरेर फूलप्रसादसहित फुलपाती भित्रायाइएको  अवलोकन गर्न सर्वसाधारणहरु पुगेका थिए ।

सोही अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले भजनकिर्तन समेत गरेका थिए भने नेपाल भाषा मंकाः खलका युवाहरुले ढिमे र बाँसुरी बाजा बजाएका थिए । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, बेनपा–७, बेनीका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, ८ नम्बर वडाका अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत उच्च सरकारी अधिकारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोटभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फुलपाती बढाइँको लिपपोत र सरसफाइ गरेका थिए । बेनी नगरपालिका अन्तर्गत घतान कोत, पुलाचौर कोत, चिप्लेटीको निशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोटको खड्गभवानी कोत, धवलागिरि गाउँपालिकाको ताकम कोत, रघुगंगाको राखुभगवती कोत, अन्नपूर्णको घार मन्दिरलगायत दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधिअनुसार पूजाअर्चना गरी फूलपाती भिœयाइएको जनाइएको छ ।

दसैँको फूलपाती हिजो देशभरीका कोत मन्दिरहरुमा पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भिœयाइएको छ । घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाउने गरिन्छ । हनुमानढोका दरबारमा रहेको दसैँ घरमा पनि फूलपाती भिœयाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भिœयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । फुलपातीकै दिन किसानले खेतमा गएर चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भिœयाउने गर्दछन् ।

Leave a Reply