---Advertisement---

म्याग्दीमा भूकम्पको धक्का महसुस

On: October 22, 2023 8:09 AM
Follow Us:

म्याग्दीमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे म्याग्दी जिल्लाको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रका साथै ग्रामिण क्षेत्रमा भूकम्पको धम्का महसुस गरिएको हो। पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ ।

आइतबार विहान पर्वत, बागलुङ, कास्की, काठमाण्डौ आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।