रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैंतिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाले दैनिक तीन करोडको हाराहारीमा रेमिट्यान्स भुक्तानी गरेका छन् । असोजको पहिलोसाता सम्म सामान्य भिडभाड रहेका वित्तिय संस्थामा तीनदिन सामान्य अवस्था भन्दा चार गुणा बढेको बैंक तथा वित्तिय संस्थाले जनाएको छ ।

दशैंतिहारलाई लक्षित गरी पठाएको रेमिट्यान्स लिन सदरमुकाम बेनी सहित जिल्लाका अन्य ब्यापारिक केन्द्रमा दैनिक रेमिट्यान्स लिन आउनेको भीड लागेको थियो । विश्वका विभिन्न देशमा रहेका म्याग्दीबासीले परिवारलाई खानपिन, लत्ताकपडा सहित घरायसी खर्चलाई लक्षित गरी २० हजार देखी ३ लाखसम्म रेमिट्यान्स पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताउनुभयो ।

जिल्लामा चारवटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा करिव ७ करोडको कारोबार गर्ने जनाएको छ। गरिमाले बार्षिक करिव एक अर्वको हाराहारीमा गरिमाले रेमिट्यान्स भुक्तान गर्ने बताउँदै यसबर्ष विगतको तुलनामा बढेको जनाएको छ ।

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्क अनुसार प्रतिब्यक्ति न्यूनतम १० हजारदेखि १ लाखसम्म वितरण भइरहेको लोकदिप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए ।

सदरमुकाम बेनीमा रहेका वित्तिय संस्थाले विगतको तुलनामा रेमिटयान्स लिनेको संख्या भने कम भएको बताएका छन् । विदेशबाट श्रीमतिको सिधै खातामा जम्मा गर्नेको संख्या बढ्दै गएको बताए ।

न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले रेमिट्यान्सका लागि आउने ग्राहकको संख्या विगतको तुलनामा घटेपनि कारोबार भने करिब उस्तै रहेको बताए ।

उनले अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढेका भिडभाड कम भएपनि बार्षिक कारोबार भने नघटेको बताए । जिल्लामा साक राष्ट्रका साथै यूरोप, अमेरिका सहित खाडीमुलकबाट रेमिट्यान्स भित्रिने गरेकोमा करिव ७० प्रतिशत रेमिट्यान्सको हिस्सा खाडीमुलुक रहेको छ। खाडीमुलुकबाट भित्रिने रेमिट्यान्स घरायसी खर्चमै सिमित हुने गरेको समेत सेवाप्रदायक संस्थाले जनाएका छन्

Leave a Reply