बेनी नगरपालिका वडा नं ८ ले बिजया दशमीको अवसरमा अति विपन्न, अपाङ्घ र जेष्ठ नागरिक २० घरपरिवारलाई दशैं कोशेली प्रदान गरेको छ ।

वडाभित्र रहेका बिपान्न, दलित, अपांग,जेष्ट नागरिक गरी २० घरपरिवारलाई ४ हजार बराबरको खाद्यान्न साम्रागी र १ हजार नयाँ खुद्रा नोट सहयोग सहयोग गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । नगर प्रमुख सुरत केसीको प्रमुख आथित्यतामा वडा कार्यालयसम्म आइपुग्न नसक्नेहरूलाई घरमै पुगेर वितरण गरिएको थियो ।

वडाबाट अपाङ्ता भएका ५ जना, दलित ९ जना र जेष्ठ नागरिक सहित अन्य समुदायका ६ जनालाईै सहयोग उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ ।

सहयोग हस्तान्तरण गदैं मेयर केसीले पालिकाको हरेक वडाबाट आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राखेर चाडपर्वमा सहयोग गर्न वडाका जनप्रतिनिधिलाई समन्वय गर्न समेत आग्रह गरेको बताए ।

दशैमा आर्थिक अवस्था कमजोर भएकाले चाड नै मान्न नै नसक्नेलाई खोजेर कोशेलीको रुपमा सहयोग गरिएको वडा अध्यक्ष कर्माचार्यले बताए । हरेक बर्षका दशैमा खाद्यान्नको अभाबमा मान्नै नसकेको अवस्थामा सहयोगले धेरै राहत मिलेको स्थानीयको भनाई छ ।

Leave a Reply