बिजया दशमीको पावन अवसरमा म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएसियाले आयोजना गरेको प्रथम मोना कपको उपाधी आयोजकले हात पारेको छ । क्रोएसियामा रहेका नेपाली बिचको एकता र सहकार्य तथा भलिबल खेलाडीको पहिचानका लागि आयोजित प्रतियोगितामा मुस्ताङ गुप्रलाई हराउँदै उपाधी जितेको हो ।

१२ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ५५५ यूरो, ३३३ यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर सुनिल गौचन, सर्वोत्कृष्ट खेलाडी सुजन बैध, उत्कृष्ट सेटर पुस्कर थापा मगर, उत्कृष्ट ब्लकर बिनोद सर्वन, उत्कृष्ट स्पाइकर अजित गौचन घोषित भएको मोना क्रोएसियाका प्रमुख सल्लाहकार रामकृष्ण शर्माले बताए ।

प्रतियोगितामा विजेतालाई एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्यबहादुर थिङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा विशेष अतिथि सुनिल बम दावा लामा, कमल गुरुङ, टिका शर्मा, प्रतिमा राई, रन्जना चौहान, रबिना थिङ, मोना क्रोएसियाका मानार्थ सदस्य मानसिङ धामी, बिनोद अधिकारी र मनिका काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच मोनाको भाग्यशापी चिट्ठामा प्रथम पुरस्कार ल्यापटप,द्धितिय पुरस्कार स्माट मोवाइल, तृतिय पुरस्कार एरपोट, सान्तना पुरस्कार स्माट घडीको विजेता समेत घोषित गरिएको थियो । समापना कार्यक्रममा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रतियोगितालाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply