म्याग्दीको मंगला गाउँपालिका वडा नं १ भर्जुलामा अवस्थित बालोदय आधारभूत विद्यालयलाई स्वर्गीय हिरादेवी शेरपुञ्जाको देहावसान भएको ४५ औं दिनमा १ लाख आर्थिक सहयोग गरिएको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारका लागि स्व. हिरादेवी ज्यूको बहिनी डम्मरी शेरपुञ्जा तथा भदै बलबहादुर शेरपुञ्जाले बालोदय आधारभूतलाई एक लाख आर्थिक सहयोग गरेका हुन् । भुतपुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका बलबहादुर शेरपुञ्जाले विगत लामो समयदेखी विद्यालयलाई लाखौं सहयोग गर्ने चन्दादाता भएकाले पुस्तौपुस्ताले सम्झिने बताए ।

कार्यक्रममा स्थानीय शिक्षक मनकुमारले स्वर्गीय हिरदेवीका दाजु मनपुर शेरपुञ्जाले बालोदय विद्यालयलाई वि.स.२०४२ सालमा प्राथमिकबाट निम्न माध्यमिक बनाउने क्रममा धरौटीका लागि आर्थिक सहयोग गरेकाले हिरादेवीको परिवारको सहयोगको विशेष ऐतिहासिक महत्व रहेको बताए ।

दशै विदा मनाउन बेलायत पुगेका प्रधानाध्यापक झलकनाथ उपाध्यायले विद्यालयलाई समुदायबाट निरन्तर प्राप्त भएको आर्थिक सहयोगले निकै हर्षित रहेको र उत्त सहयोग रकम गुणस्तरीय शिक्षामा खर्चिने बताएका छन् ।

त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर रोकाले जनसमुदायको आर्थिक सहयोगले विद्यालय संचालनमा निकै सहज भएको बताउँदै विद्यालयको स्तरोन्नतिका लागि निरन्तर प्रयासमा रहेको बताए ।कार्यक्रममा सहयोगी बलबहादुरले विद्यालय समाजको ऐना भएकोले विद्यालयको विकासले मात्र समुन्नत समाजको सम्भव छ, तसर्थ विद्यालयलाई गुणस्तरीय बनाउन आफूले निरन्तर सहयोग गरेको बताए ।

Leave a Reply