म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालयलाई युरोपबाट तेस्रो चरणमा ७ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । सबै चरणमा गरी २१ लख १५ हजार ८०५ रुपैयाँ संकलन भएको छ ।

यूरोपको विभिन्न देशमा रहेको नेपालीहरुबाट अन्तिम चरणमा ७ लाख ६९ हजार १३४ रुपैयाँ थप आर्थिक सहयोग गरिएको आर्थिक सहयोग संकलन अभियान्ता शान्तबहादुर क्षत्रीले बताए ।

उनका अनुसार यूरोपमा विद्यालयको भवन निर्माणको अभियानमा आर्थिक सहयोग गर्नेहरुबाट भवन सम्पन्न र उद्घाटनपछि उत्साहित भएको बताए ।

भवन निर्माणका लागि पहिलो चरणमा १० लाख १२ हजार ३६०, दोस्रो चरणमा २ लाख ८५ हजार २०० आर्थिक सहयोग गरिएको छ । यर्सै अभियानमा स्वर्गाआश्रमकी माता इन्दिराको अभियानमा १ लाख १११ सहयोग गरिएको छ । अभियान्ता क्षत्रीले भवन निर्माणका लागि अब अभियान बन्द गरिएकाले थप प्राप्त सहयोग शैक्षिक र पूर्वाधारमा खर्च गरिने बताए ।
२०७२ सालदेखि विद्यालयको पुनर्निर्माणको अभियान सुरु गरिएको थियो ।

विद्यालयको भवन निर्माण तथा उद्घाटन सँगै अव शैक्षिक गुणस्तर बृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा अभियान्ताको जोड छ ।
भौतिक पूर्वाधारमा अब्बल भएको जयन्ती माविलाई अब शैक्षिक गुणस्तरमा समेत जिल्लाको अब्बल विद्यालय बनाउनुपर्नेमा सहयोगदाताको समेत जोड रहेको छ । भवनको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गरेका थिए ।

विद्यालयमा नवनिर्मित भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित घेराबार समेत गरिएको छ । छरिएर रहेका स–साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको अवस्थामा अब प्रवासी भकिम्लीबासीले समेत शैक्षिक क्षेत्रमा केन्द्रित हुने गरी अल्पकालिन, मध्य र दिर्घकालिन शैक्षिक क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

 

Leave a Reply