---Advertisement---

जन्मदिनको अवसरमा बालगृहमा सहयोग

On: October 26, 2023 10:23 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा एक यूवाले म्याग्दीको सदरमुकाम बेनीस्थित बालगृहमा रहेका बालबालिकालाई सहयोग गरी जन्मदिन मनाएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजा घर भएका जानमुनाखर्क माविका शिक्षक गणेश केसीले जन्मदिनमा नगद २६५० रुपैयाँ, फलफुल सहित बालगृहका बालबालिका र कर्मचारीलाई टिकाजमरा लगाई दक्षिणा दिएर जन्मदिन मनाए । हरेक जन्मदिन बालगृहमा मनाउने गरेका केसीले आफुँ करिब ३ बर्ष बालमन्दिरमा शिक्षक र होस्टेल इन्चार्ज भएर बसेको अनुभव समेत सुनाएका थिए ।

उनले आगामी दिनमा समेत बालगृहमा विभिन्न किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताए । बालगृहमा हाल ८ जना बालबालिका  छन् ।