म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका यूवा चर्चित गायक प्रकाश दुतराजले नेपालीको प्रमु्ख पर्व दशैंको आसपासमा सांगितिक कोशेली पस्किन्छन् । चाडपर्वको रौनकता छाइरहेको बेलामा सामाजिक एवम् मानवीयाको सवालमा दुतराजले सार्वजनिक गर्ने म्यूजिक भिडियोको सर्वत्र चर्चा हुन्छ ।

बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ। जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखलामा आएको राउटे समुदायको संस्कृति झल्कीने म्युजिक भिडिओ ‘रिमै’ ले समेत पाँच दिनमा १२ लाखभन्दा बढीले हरेका छन् ।

चाडपर्वको बेलामा फुर्सदमा हुने नेपालीलाई लक्षित गरी सन्देशमुलक कोशेली बजारमा ल्याउने गायक दुतराजका गीत करोड क्लवमा मात्रै प्रवेश गदैनन् समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ ।

यसपटक गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओमा स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ । म्यूजिक भिडियोमा ज्यामिरेको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । उनीहरुको प्रचलन अनुसार मुखियाको निधन भएपछि उनीहरु आफ्नो बासस्थान छोडेर नयाँ बासस्थानतर्फ सर्दैछन् ।

adv

यो त सबै राउटे समुदायको बसाइसराईको कथा हो । तर, बाजकली भने ज्याामिरेको खोजीमा छन् । बोल्ने शैली फरक, लगाउने भेषभुषा फरक तर, आफ्नालाई गुमाउनुको पिडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा म्यूजिक भिडिओमा समेटिएको दुतराजले बताए ।

उनका अनुसार राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाउन खोजिएको छ । राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो ।

adv

तीन वटा गोत्रमा समेटिएको राउटे समुदायको जनसंख्या १४१ जना मात्रै र ४१ घरधुरी रहेको छ । उजीहरु काठमा भाँडा, मधुस, ठेकी, कोसी, बनाएर जिवीकोपार्जन गर्दै आएका छन् ।

समुदायमा सकैको मृत्इु भएमा रितपुर्वक संस्थार गरी केहि दिन भित्रमा बसाई सर्ने उनीहरुको प्रचलन रहेको छ । यो गीत टिकटकमा गीतलाई भाइरल नै बनाएका छन् । अहिले सहरबजार देखि दुर्गम बस्तीसम्म यो गित गुञ्जिन्छ ।

यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ ।

Adv

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ ।

म्याग्दीमा जन्मिएरका दुतराजले आयोजकको अनुरोधमा आफ्नो प्रस्ताव अनुसारको सम्झौता भएमात्रै कार्यक्रममा सहभागी हुन्छन् । उनले सांगीतिक कार्यक्रममा जानुभन्दा नयाँ रचनालाई बढी प्राथमिकता दिने गर्छन् ।

सर्जक दुतराज घरका पहिलो सन्तान हुन् । गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारीका कारण धेरै अगाडी नै उनी दर्शकस्रोताको माझ आउन सकेनन् ।

सांगीतिक क्षेत्रमा दुतराजले गरिबीलाई पन्छाउन हरियो पासपोर्ट समेत बनाए । विदेश जान दिएको पैसा फस्यो तर उनले विदेशको सपनालाई चटक्कै बिर्सिएर नयाँ सोच र सपना बोकेर रित्तो झोला बोकेर गाउँ फर्किए ।

adv

विदेशमा गएर घरको गरिबीलाई पन्छाउने सपना बोकेका दुतराजले काठमाण्डौबाट नेपाली संगीतका पारखीको मन मुटुमा बस्न सफल भएर गायन क्षेत्रमा प्रवेश गरे । दलालसँग पैसा फस्दा दुतराजको सपना नै फेरियो ।

उनले सिर्जना र स्वर भरेको ’जाम भो माइली’ बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीतले उनलाई गायन क्षेत्रमा अझै बलियो बनाएको छ । म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए ।

‘अब मैले हरेक सिर्जनालाई धेरै मेहनत गर्नुपर्छ,‘एकपछि अर्को गीतले सोचेभन्दा बढी दर्शकले मन पराइदिँदा नयाँ गीतमा धेरै मेहनत गर्नुपर्ने अवस्था आएको छ’ प्रकाशले भने । उनले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए । उनले गृह जिल्ला म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने बताए ।

 

Leave a Reply