म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोना कतारले दशैैंको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं टिका ग्रहण कार्यक्रममा हर्षोल्लासका साथ सम्पन्न गरेको छ । दशैैमा जन्मभूमीमा परिवारसँग मनाउन नपाएकालाई खल्लो हुन नदिन शुभकामना आदानप्रदान सहित टिका लगाइएको मोना कतारले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माुना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइलीले म्याग्देलीका समस्या र आवश्यकतामा सधै मोना रहेको बताए । उनले दशैंको अवसरमा आयोजित कार्यक्रमले कतारमा रहेका म्याग्देली तथा नेपालीहरु बिचको एकता र सहकार्यलाई थप बलियो बनाएको बताए ।

मोना कतारका कार्यवाहक अध्यक्ष हेम बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महिला संयोजक टिका रोका, सल्लाहकार देबी कँडेल, लिला चोखाल, मीन कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।

संरक्षक एवम् पूर्व अध्यक्ष रमेश पौडेलले संस्थापक अध्यक्ष प्रेम रसाइलीले संस्थागत टिका जमरा ग्रहण गरेपछि अन्य उपस्थिति भएकालाई टिका लगाइएको थियो । कार्यक्रमको सञ्चालन महासचिप कृष्ण शर्माले गरेका थिए ।

Leave a Reply