मोडेल तथा निर्माता राम रानाको ‘कुटु कुटु खायो कलेजी’ गीतको भिडियो सार्वजनिक भएको छ । दशैंको अवसरमा कात्तिक ५ गते सार्वजनिक यो गीतमा रामसहित र ममता पुनको मुख्य अभिनय देख्न सकिन्छ । राम सिंगर नामक राम रानाको युट्युब च्यानलमा हेर्न सकिने सो गीत सार्वजनिक भएको ५ दिनमा २९ हजारले हेरिसकेका छन् ।

हेर्नुहोस् सो भिडियो :

बुद्ध लामा र नितु पुनले स्वर दिएको सो गीत सुष्मा सिग्देलले लेखेकी हुन्। शंकर थापाले संगीत भरेको सो गीतको म्युजिक भिडियो यात्री इन्टरटेनमेन्टबाट उत्पादन भएको हो ।  रानाले आफुले निकै मेहेनत गरेर नयाँ गीत ल्याएको बताएका छन् । आफुले मेहेनत गरे अनुसार दर्शकस्रोताको माया पाउनेमा आशाबादी रहेको बताए ।

‘अहिलेसम्म धेरै कोशेली बजारमा ल्याएको छु, सबैभन्दा धेरै मेहनत यसमा गरेको छु’ उनले भने । यसअगाडी मोडेल तिम्रो दिलको अपामेन्ट खरिद गर्न मन्छ, क्या मजा भयो, हल्ला चलाउने र किस मि प्लिज, नारायणी जस्तै, यो जवन लाग्यो दिउ जस्तै । भिडियोमा सुन्दर दृश्य कैद गरेर दर्शक तान्ने प्रयास गरिएको छ ।

Leave a Reply