म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले दशैं तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

हङकङमा बस्ने म्याग्देलीहरूको साझा संस्था मोनाले आइतबार आयोजित कार्यक्रमका प्रमुख अतिथि मोना हङकङका संरक्षक प्रकाश पुनले पूर्वहरूले एक अर्कामा आत्मीयता, सद्भाव सधैं एकजुट हुनुपर्ने सन्देश प्रवाह गरेको बताए ।उनले मोना हङकङले जन्मभूमि म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन प्रर्बधन तथा सामाजिक एवम् मानवीय सेवामा लाखौं सहयोग गरेको बताए।

उनले समुदायस्तरमा हुने समस्या समाधानमा हङकङ र जन्मभूमी म्याग्दीमा मोनामार्फत भइरहेको सहयोगबाट गौरवान्वित भएको बताए । उनले मोना हङकङमार्फत भइरहेका हरेक अभियानमा रचनात्मक सहयोगको अवसर समेत मिलेको बताए।

सोही अवसरमा पुन मगर समाज हङकङका अध्यक्ष गोमा पूर्जा पुन, एनआरएनए आइसीसीकी महिला सचिव एवम् मोना हङकङको संरक्षक राधिका गुरुङ टिका,मोना हङकङकका पूर्व अध्यक्ष दल शेरपुञ्जा, मोनाका सल्लाकार एवम् पुन मगर समाजका पूर्व अध्यक्ष राजु गर्बुजा पुन,पर्वत पुन मगर समाजको अध्यक्ष इन्द्रबहादुर गर्बुजाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहभागीले हङकङमा रहेका म्याग्देलीको एकता र सहकार्यबाट नेपाली कला र संस्कृतिको जर्गेना तथा सामाजिक कार्यमा ठूलो योगदान पुराइरहेको बताएका थिए।

शुभकामना आदानप्रदान कार्यक्रममको अवसरमा देउसीभैलोमार्फत १३ लाख ६० हजारभन्दा बढी आर्थिक संकलन भएको थियो ।शुभकामना आदानप्रदान कार्यक्रमलाई सभ्य र भब्य बनाइदिने अतिथि सहित सम्पूर्णलाई मोना हङकङका अध्यक्ष कर्ण पुन मगरले धन्यवाद ज्ञापन गरे ।

उनले देउसीभैलोमार्फत संकलन भएको आर्थिकलाई मोना फुटबल क्लव र संस्थागत अक्षय कोषमा राखिने र ५ लाखधौलागिरि हिमाल (प्रथम) को आधार शिविरतर्फ जाने पर्यटकलाई सहज हुने गरी इटाली बेसक्याम्पमा भ्यूटावर र पदमार्ग बनाउन सहयोग गर्ने बताए ।

शु्भकामना आदानप्रदान कार्यक्रमको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमलाई महिला विभाग अध्यक्ष रुपा राम्जाली र सांस्कृतिक विभाग प्रमुख मनु पुन लगायतको टोलीले सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्ण पुन मगर, स्वागत बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी र सञ्चालन सचिव जेबेन्द्र फगामीले गरेका थिए ।

Leave a Reply