---Advertisement---

भलिबल खेलाडी सुजन चोखाल २५ हजार पुरस्कार सहित सम्मानित

On: October 29, 2023 8:12 PM
Follow Us:

राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ।

बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा समेत सहभागी चोखाललाई अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले पुरस्कृत र सम्मानित गरेको हो ।क्लवका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा गण्डकी प्रदेशका सेटर चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गरेका छन्।

चोखाल गण्डकीको टिममा सेटरको भूमिकमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । काउलेगौँडा यूवा क्लवबाट भलिबल खेल्न सुरु गरेका चोखाल गण्डकी प्रदेशको टिममा समेत छन् भने अन्य विभिन्न ब्यवसायीक क्लवहरुबाट समेत खेल्ने गरेका छन् । उनी म्याग्दीको भलिबल टिमका कप्तान समेत हुन् ।

सोही अवसरमा बेलमोन्ट भलिबल क्लवका सदस्य सुवेदीले आफ्नो व्यक्तिगत तर्फबाट नेप्टेचौरको युवा क्लवलाई दुई थान भलिबल पनि उपलब्ध गराएका थिए । हरेक बर्ष एक नेपाली खेलाडीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको क्लवका सदस्य सुबेदीले बताए ।

प्रतिभावान खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लवका प्रतिनिधि सुवेदीले बताए । यता सम्मानित भएपछि खेलाडी चोखालले अमेरिकाबाट प्राप्त सम्मानले थप हौसुला मिलेको बताए ।