म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र इटालियन क्याम्प नजिकैको एउटा डाँडालाई ‘मोना भ्यु पोइन्ट’का लागि देउसीभैलो खेलेर संकलन गरिएको छ ।

आइतबार हङकङमा दशैं तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा देउसीभैलोबाट संकलन भएको रकममध्ये ५ लाख पदमार्ग बनाउन क्याम्प आसपासको हावापानीमा घुलमिल हुने गरी पदमार्ग र आरामका लागि भ्यू प्वाइन्ट बनाउन सहयोग गरिने मोना हङकङका अध्यक्ष कर्ण पुन मगरले बताए ।

‘अघिल्लो पटक पुग्दा गरिएको प्रतिबद्धता अनुसार पदमार्ग बनाउन सहयोग गर्नेछौ,स्थानीय पर्यटनकर्मीसँगको सहकार्यमा उक्त पदमार्ग बनाउँछौ’ अध्यक्ष पुनले भने । उनका अनुसार धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पदयात्रीहरू इटालियन क्याम्पमा दुई रात बस्छन्।

उनीहरू एक्लमटाइज हुन नजिकैको डाँडामा चढ्ने गरेपनि असजिलो भएकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरी पदमार्ग बनाउन आवश्यक रहेको बताए । करिब ३८ सय मिटर अग्लो डाँडालाई भ्यु पोइन्टका रूपमा विकासका लागि मोना हङकङमा आवद्ध रहेकाले ब्यक्तिगत सहयोग समेत गरेका छन् । भ्यू प्वाइन्टसम्म पुग्न पदमार्ग निर्माण र ठाउँ–ठाउँमा काठे मेच राखिने छ ।

गतबर्ष असोज २६ गते आशाकी ट्रेक्स एण्ड एक्सपिडिसनको प्राविधिक सहयोगमा मोना हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रमोद गिरि,सचिव जेवेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा पुन, र पूर्व अध्यक्ष इन्द्र एलजी सहित अन्य २५ जनाको टोली बेसक्याम्प पुगेका थिए ।उक्त टोलीले स्थानीय संघसंस्थालाई समेत आर्थिक सहयोग गरेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममको अवसरमा देउसीभैलोमार्फत १३ लाख ६० हजारभन्दा बढी आर्थिक संकलन भएकोमा पदमार्ग र भ्यु टावर बाहेक मोना एफसी, मोनाको आकस्मिक अक्षयकोषमा राखिने मोना हङकङले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, पुन मगर समाज हङकङका अध्यक्ष गोमा पूर्जा पुन, एनआरएनए आइसीसीकी महिला सचिव एवम् मोना हङकङको संरक्षक राधिका गुरुङ टिका,मोना हङकङकका पूर्व अध्यक्ष दल शेरपुञ्जा, मोनाका सल्लाकार एवम् पुन मगर समाजका पूर्व अध्यक्ष राजु गर्बुजा पुन,सल्लाहकार बम बिक, पर्वत पुन मगर समाजको अध्यक्ष इन्द्रबहादुर गर्बुजाले समेत पर्यटन क्षेत्रको विकासमा सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

देउसीभैलो कार्यक्रमलाई महिला विभाग अध्यक्ष रुपा राम्जाली र सांस्कृतिक विभाग प्रमुख मनु पुन लगायतको टोलीले आर्थिक संकलन गरेका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष मगर, स्वागत बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी र सञ्चालन सचिव जेबेन्द्र फगामीले गरेका थिए ।

Leave a Reply