सुनसरीको खनारमा भएको सवारी दुर्घटनामा परी बेनी आवासीय माविका शिक्षक इकार गौतमको मृत्यु भएको छ । दशैं विदामा इटहरी घरका ३५ बर्षका इकार गौतमको मृत्यु भएको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

करिब ८ महिना अगाडी बेनी आवासीय माविमा अध्यापनका लागि आएका गौतम सवार २९ प २४२ नम्बरको मोटरसाइकल आफै अनयन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका गौतमलाई कोशी अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्युु भएको जनाइएको छ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान रहेको छ । यसैबीच बेनी आवासीय माविले अत्यन्तै मिलनसार,मेहनती एवम जुझारु शिक्षक गौतमलाई गुमाएकोमा दुख ब्यक्त गरेको छ । विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले शिक्षक गौतमको अप्रत्यासित मृत्युको खवरले स्तब्ध बनाएको बताए ।

उनले दशैंतिहारमा विद्यालय बन्द भएकाले विद्यालय खुलेपछि श्रद्धाञ्जली सभा गरिने बताए । यता विद्यालयको शिक्षक अभिभावकका अध्यक्ष विक्रम बोगटीले मृतक शिक्षक गौतमको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदैं परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

Leave a Reply