बेनी नगरपालिका–४,सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र सोमबार बिहान चितुवा पसेको छ । फार्मभित्र पसेको चितुवाले ३० भन्दा बढी कालिज मारेको छ । विहान अन्दाजी ३० केजीको वयस्क चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताए ।

‘कालिज नियन्त्रणको प्रयास जारी छ, दुईपटक देखिएपछि फेरी लुकेको छ’ प्रमुख रानाभाटले भने । चितुवा नियन्त्रणमा लिन डिभिजन बन कार्यालयका कर्मचारी सहित सुरक्षाकर्मी समेत गरी १८ जनाको टोली परिचालन गरिएको छ ।

सोमबार विहानै पसेको चितुवा विहान कालिजलाई दाना हाल्न जाने क्रममा कर्मचारीले देखेपछि भागेका थिए । फार्मभित्रै रहेको चितुवा नियन्त्रणका लागि डिभिजन बन कार्यालयका कर्मचारीलाई जानकारी गराइएकाले आवश्यक प्रक्रिया पुरा गरी उद्धार गरिने बताइएको छ ।

बाहिर निस्कने प्रयास गरेकाको अवस्थामा स्थानीय र हेर्न जानेलाई आक्रमणको जोखिमलाई मध्यनजर गरी केज (खोर) मा राखेर उद्धारको प्रयास भएपनि हालसम्म नियन्त्रणमा आएको छैन् । फलाम र जालीमा पटक पटक ठोकिदा थकित भएको देखिएपनि नियन्त्रणमा भने आउन सकेको छैन ।

file photo

 

Leave a Reply