नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आइतबार हुने भनिएको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ठूलो जनधनको क्षती भएपछि अर्को सूचना जारी नहुदाँसम्म जिल्ला सम्मेलन स्थगित गरिएको महाधिवेशन प्रतिनिधि एबम गण्डकी प्रदेश सदस्य मनकुमारी विसीले जानकारी दिईन् ।

भुकम्पबाट ज्यान गुमाएकाको सम्झना र उद्धारमा सक्रिय हुनुपर्ने भएकाले केन्द्रबाटै स्थगनको सूचना आएपछि अर्को सूचना तय नहुदाँसम्मलाई कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्वप्रकाश शर्मा आउने कार्यक्रम रहेको थियो । उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता बेनी आउन थालेका थिए ।

प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफलको कार्यतालिका रहेको जिल्ला सचिव भरत रकालले बताए ।

Leave a Reply