पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । फलफूलको राजा उपनामले परिचित फल किवीमा भकिम्लीको मुसुङ, सिम, भुकभुके, छाप लगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ । बि.स २०६७ सालमाहालका वडा अध्यक्ष पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गरेकोमा सफल भएपछि भकिम्लीको मुसुङ गाउँमा प्रत्येक घरधुरीले किबी खेती गरेका छन् ।    मुसुङ गाउँमा करिब ५० घरधुरीले किबी खेती गरेको वडा अध्यक्ष पुनले बताए । पछिल्लो चार÷पाँचबर्षमा ब्यवसायिक रुपमा किवि खेती गर्ने कृषकले आम्दानी गर्न थालेको उनले बताए । घरायसी प्रयोजनाका लागि किबी लगाएका अधिकांसले अहिले बिक्री समेत गर्न थालेकाले यसबर्ष सिजनमा भकिम्लीमा करिब १० लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ।

७ रोपनीमा ब्यवस्थित रुपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए। बि.स २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरु गरिएको किबी अघिल्लो बर्षबाट फल्न थालेको थियो । यस बर्ष करिब ३ क्विनटल किवि फलेको कृषक घर्तीको भनाई छ ।

स्वार्गाआश्रम अर्गानिक कृषि समुहका अध्यक्ष समेत रहेका घर्तीसँगै २५ जनाको समुहका सदस्यले समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन् । घर्तीले कृषि ज्ञान केन्द्रबाट डेढ लाख अनुदान समेत पाएका थिए । त्यस्तै मुसुङकै लक्षु पुनले ४ रोपनीमा लगाएको १७० वटा र कृषक पृथीप्रसाद पुनले पनि ८९ किविका विरुवाले समेत उत्पादन दिएको छ । अघिल्लो बर्षदेखि किवि उत्पादन गरेर विक्रिगर्न थालेका छन् ।

अघिल्लो बर्ष ५ क्विनटल फलेको थियो भने यसबर्ष ४ क्विनटल फलेको अनुमान गरिएको छ । भकिम्ली सिममा लालबहादुर पुनले पनि १५० बोटमा किबी फलेको छ । प्रतिकिलो १५० देखि ३ सय रुपैयाँसम्ममा फार्मबाट सदरमुकाम बेनीबजार सहित बागलुङ, पोखरा लगायत स्थानीयस्तरमै बिक्री गर्ने गरेका छन् । बेनी र पोखराका ब्यापारीलाई बेच्ने गरेका कृषकले उत्पादनलाई बजारको समस्य नहुने अवस्था आए आधादशकमा १ करोडको किबी उत्पादन हुने अगुवा कृषक पृथप्रसाद पुनले बताए ।

भकिम्लीका सबै बस्तीमा करिब ६ हजार किबीको बिरुवा विस्तार गरिएको छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढ्को छ । किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

Leave a Reply