जाजरकोट र रुकुममागएको भूकम्पबाट पीडितलाई म्याग्दीको सदरमुकाम बेनीबजारमा राहत संकलन गरिएको छ । भुकम्पले सयांै घरहरू भत्किएर विस्थापित भएकालाई राहत स्वरुप आइतबार नेपाल रेडक्रस सोसाईटी बेनी शाखा र लायन्स क्लब इन्टरनेशनल ’डिष्ट्रिक–३२५ आई’ अन्तरगत सक्रिय रहेका क्लवको अगुवाईमा सदरमुकाम बेनीबजारबाट १ लाख ३० हजार ११० संकलन भएको छ ।

रेडक्रस जिल्ला शाखा म्याग्दीका कार्यवाहक सभापति काशिराम रेग्मीको नेतृत्वमा गरिएको सहयोग संकलन कार्यक्रममा लायन्स क्लव अफ बेनी म्याग्दी, लायन्स क्लव अफ म्याग्दी दोभान, लायन्स क्लव अफ बेनी सिटी, लायन्स क्लव अफ बेनी पिस सिटी, लायन्स क्लव अफ बेनी महारानी र लायन्स क्लव अफ बेनी लभ्ली हिल) नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखा र युवा रेडक्रस सर्कल, बेनी सामुदायिक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।

बेनीबजारका विभिन्न टोलबस्तीबाट संकलित रकम मध्ये ७८ हजार जाजरकोटका पीडित र ५२ ह जार ११० रुकुम पश्चिमका पिडितहरुका लागि पठाइने रेडक्रसका कार्यवाहक सभापति रेग्मीले बताए । उनले आर्थिक जुटाएर भुकम्पमा परेकाको परिवारको पीडा सबै नेपालीको साझा पीडा भएको सन्देश प्रवाह भएको बताए ।

हिमाल–पहाड, तराई–पहाड सबै नेपाली एक हो भन्ने भावनासहित अहिले उद्धार र राहतका अभियानमा जुटेको लायन्स क्लव अफ बेनी महारानीकी अध्यक्ष जुनु उदाश श्रेष्ठले बताईन् । उनले एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नु नै हामी नेपालीको संस्कार भएको बताइन् ।

Leave a Reply