पोखराको पालिखेचोकस्थित प्रतिभा मावि ‘बेष्ट प्लस टु स्कुल अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । जापानमा आयोजित नेपाल एजुकेशन अवार्डमा प्रतिभाले गण्डकी प्रदेशको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।

गण्डकी प्रदेशभित्रमा मावि र उच्च मावि तहमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा आयोजकले आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको विद्यालयको भन्दै सम्मान गरेको हो ।

विद्यालयका प्राचार्य किरण सापकोटाले सम्मान ग्रहणपछि खुसी साट्दै विद्यालयको नतिजा सहितको सम्रग गतिविधिमा दिएको कामको पहिचान पाउनु धेरै कृतज्ञताको अनुभूति व्यक्त गरे ।

नेपाल एजुकेशन अवार्डको लागि सम्पूर्ण व्यवस्थापन टोलीलाई छनौट गरेकोमा समेत सापकोटाले धन्यवाद दिएका छन् ।

प्रतिभामा गण्डकी प्रदेशभित्रका विद्यार्थीले अध्ययन गर्छन् । प्रतिभा पोखराको उत्कृष्ट स्कुलभित्र पर्छ । यो विद्यालय आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेल पोखराका सफल उद्यमी समेत हुन् । अध्यक्ष शर्मा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रहदै आएका छन् । ११ र १२ का ३८ वटा सेक्सनमा विभाजन गरी छात्र र छात्रा अध्ययनरत छन् ।

विद्यालयले शैक्षिक, ज्ञानबद्र्धक सहित खेलकुद गतिविधिका साथै विद्यार्थीको प्रतिभा पहिचानका गतिविधिहरुलाई क्यालेन्डर नै बनाएर सञ्चालन गर्ने गरेको छ । प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल नभई हरेक अतिरिक्त क्रियाकलापमा समेत खेल उत्तिकै अब्बल छ ।

Leave a Reply