म्याग्दी प्रवासी नेपाली संघ कार्यकारी समिति मोना दक्षिण कोरियाले दुर्घटनामा घाईते भएका एक म्याग्देलीलाई साढे ४ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको काफलडाँडाका डबिन पाइजा पुन दक्षिण कोरियामा अकस्मात घरको सिँडी बाट लडेर घाइले भएपछि आर्थिक संकलन अभियानमार्फत ४५,६७,०००कोरियन वन अर्थात ४ लाख ५६ हजार ७ सय सहयोग गरिएको हो ।

सहयोग सउलको दोङ्देमुनमा एक कार्यक्रमका बिच मोना अन्तर्राष्ट्रिय समितिका महासचिब सुनेश केसी मार्फत हस्तान्तरण बिरामी डविनको भाईको खातामा जम्मा गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले बताए ।

adv

’यो रकम उपचार खर्चको लागि प्रयाप्त नभएपछि केही सहज हुनेमा आशाबादी छौ, कोरियामा समस्यामा परेका म्याग्देलीलाई मोनामार्फत सधै सहयोग हुन्छ,’ अध्यक्ष भण्डारीले भने । उनले घाईते डविनको उपचारमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार समेत प्रकट गरेका छन् ।

मोनामार्फत सुखदुखमा हातेमालो गर्ने अभियान अझै प्रभावकारी बनाउने बताउँदै कोरियामा रहेका सम्पूर्ण म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध भएर सामाजिक एवम् रचनात्मक सहयोगमा साथ दिन समेत समेत अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

कार्यक्रममा मोना अन्तराष्ट्रियका महासचिव सुनेश केसीले प्रवासमा रहेका म्याग्देलीलाई मोनमार्फत सहयोग गर्न आकस्मिक कोष लगायतका अभियानहरु समेत सञ्चालन गनुर््पर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा मोनाका सल्लहकार मीन कार्की,उपाध्यक्ष रिम भण्डारी र मनिश गौचन सहितको उपस्थिती रहेको थियो भने सञ्चालन महासचिव दिनेश कार्कीले गरेका थिए ।

Leave a Reply