म्याग्दीको बेनी-पाखापानी सडकको अर्थुङ्गेस्थित आँपारुख खण्डमा चितुवाको त्रास बढेको छ । सडकखण्ड अन्तरगत पर्ने बराहपाखो र आँपारुख सामुदायिक बन क्षेत्रमा पर्ने सडकखण्डमा दैनिकजसो बाटो ढुकेर बसेको अवस्थामा पछिल्mलो एकसाता लगातार देखिएपछि पैदल र सवारीासधनमा आवतजावत गर्ने सर्वसाधारण त्रसित भएका छन् ।

सडकखण्डको विभिन्न स्थानमा सानो दुईवटा र ठूलो एउटा चितुवा बिहान,दिउँसो र साँझ नियमित देखिन थालेको आँपारुख सामुदायिक बनका अध्यक्ष यादब सुबेदीले बताए ।

‘चितुवा नियमित देखिन थालेको छ, सडकखण्डमै दिउँसै भेटिन्छ’ अध्यक्ष सुबेदीले भने । उनले पैदलयात्री, बालबालिका र मोटरसाइकलमा यात्रा गर्ने क्रममा उक्त क्षेत्रमा सर्तकता अपनाउनुपर्ने बताए । उनले दैनिक चितुवा भेटिने गरेको बारेमा डिभिजन वन कार्यालय म्याग्दीमा जानकारी गराएको समेत बताए ।

तीन चार दिनदेखि चितुवा हिँडिरहेको जामुनाखर्क माविका ब्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुबेदीको भनाई छ ।
बेनी हुलाकचोकदेखि आपाँरुख सामुदायिक बन नजिकै समेत एउटा चितुवा देखिने गरेको छ ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक बनमा समेत चितुवा रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । डिभिजन प्रमुख मनोज रानाभाटले बेनीबजार आसपासका र्जंगलमा चितुवा भेटिएको जानकारी आएको बताए। चितुवा मानिसबाट टाढै बस्न रुचाउँछ। तर जम्काभेट हुँदा भयका कारण झम्टिन सक्ने बताए ।

उनले चितुवाले समान्यतया आफूभन्दा होचो र कमजोरलाई मात्र आक्रमण गर्ने भएको हुँदा कम उमेरका मानिस यसको हिंसक व्यवहारमा पर्ने जोखिम धेरै रहेको बताए । यस क्षेत्रमा देखिएको चितुवा नरभक्षी भने नभएको बताए । चितुवाको बासस्थान र आहारा नष्ट भएपछि दिउँसै देखिने अवस्था आएको जानकारहरुको भनाई छ ।

चितुवा देखिन थालेपछि त्यस क्षेत्रमा आवातजावत गर्नेले सतर्कता अपनाउन डिभिजन बन कार्यालष्ले आग्रह समेत गरेको छ । वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चितुवा बच्चा जन्माएपछि आहाराको खोजीमा हिँड्ने भएकाले यो समयमा चितुवासँग सतर्क रहनुपर्ने जानकारहरुको भनाई छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवा आहाराको खोजीमा निस्किदाँ आक्रमणको जोखिम हुने बताइएको छ ।

Leave a Reply