म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय झण्डा फहराएको छ । बेनी नगरपालिका वडा नं ७ मा पर्ने जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको ८० बर्ष पूरानो पिपलको रुख नजिकै सार्वजनिक खानेपानी नजिकै ६ फिट लम्बाई र ४ फिट चौडाईको झण्डा टोलकी बयोबृद्धा ९० बर्षिय रुपकुमारी खत्रीले झण्डोत्तोलन गर्नुभयो ।

आफ्नो टोल सुन्दर र नमुना बनाउने अभियानमा जुटेका टोलबासीले राष्ट्रभक्तिको भावना जागृत गर्न राष्ट्रिय झण्डा फहराएको अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । सोही अवसरमा झण्डालाई समयसमयमा परिवर्तन गर्ने तथा राष्ट्रिय महत्वका दिनहरुमा हुने कार्यक्रममा समेत सोही स्थानमा मनाउने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

टोलबासीले यसअगाडी बटुवालाई सार्वजनिक खानेपानी, आफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल सहित सरसफाई, विभिन्न संघसंस्थाबाट समेत सहयोग मागेर चौतारीमा बस्ने बटुवाई फलामको बेन्च सहितका संरचना समेत बनाएको छ ।

बिरेन्द्रचोकबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियानलाई तिब्रता दिएको कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठले बताउनुभयो । बि.स २०७२ सालमा स्थापना भएको टोल विकास संस्था बेनीबजारको नमुना मानिन्छ ।

Leave a Reply