ग्रामिण परिवेश झल्काउने मेजन पुनको उपन्यास ‘धौलासिरी’ 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका मेजन पुन पेशाले चलचित्रको कथा लेखन, निर्देशन र वृत्तचित्र निर्माता हुनुहुन्छ । मगरको इतिहाँस, भाषा, संस्कृति, कला, मौलिक सिपको विषयमा अध्ययन अनुसन्धानमा पनि सक्रीय पुन म्याग्दी सहित धौलागिरी क्षेत्रका गाउँबस्तीमा धेरै डुल्नुभयो ।

गाउँ डुल्दा बटुलेको अनुभव, सुनेका र भोगेका लोककथालाई सँगालेर पुनले ‘धौलासिरी’ उपन्यास प्रकाशन गर्नुभएको छ । धौलासिरी धौलागिरीको रैथाने (आञ्चलिक) नाम हो । धौलासिरीको विगतका जनजीवन बुझ्न यो उपन्यास माध्यम बन्ने विश्वास गरिएको छ । उपन्यासमा धौलागिरि क्षेत्रको म्याग्दी, पर्वत, बाग्लुङ, मुस्ताङको ग्रामिण परिवेश र लोककथा समेटिएको छ।

“कार्यक्रममा पुग्दा बुढापाकहरुसँग सोधखोज र जीवन÷शैलीसँग नजिक भएकै कारण यो किताब तयार भएको छ,” पुनले भन्नुभयो “गाउँ गाउँ पुगेर ‘डकुमेन्ट्री’ बनाउँदा चिसो ठिहीमा कठ्याङ्ग्रिदै भेडी गोठमा पनि रात काटेको अनुभवलाई पुस्तकमा उतारेको छु ।” यस क्षेत्रमा प्रयोग हुने ठेट, झर्रा शब्दले भरिएको उपन्यासले विदेशिनुपर्ने नेपाली युवाहरुको बाध्यता र त्यसले परिवार तथा समाजमा पारेको प्रभावलाई उजागर गरेको छ ।

बुलबुल पश्लिकेशन प्रा.ली.ले प्रकाशन गरेको १६४ पृष्ठको उपन्यासका विषयबस्तु धौलागिरी क्षेत्रको ग्रामिण परिवेससँग मिल्दछन् । त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका मेजन पुन मगर–चलचित्र लेखन÷निर्देशन गर्नुहुन्छ ।

उहाँका कविता, चलचित्र र समाजसम्बन्धी दर्जन बढी पुस्तक प्रकाशित छन् । उपन्यासकारका रुपमा धौलासिरी उहाँको पहिलो आख्यान हो । ‘धौलासिरी’को नेपाल लोकवार्ता परिषद्ले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आयोजना गरेको कार्यक्रममा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बिमोचन गर्नुभयो ।

उपन्यासमा २० वटा लोककथा संगह गरिएको छ । साहु, भाषा हराएको कथा, ठेले कटवाल, गाउँघरको परिम, साइँली र साथी, लाहुरेको विचित्रको कथा, मेलाको रौनक, सुर्जे र साथीहरु, चिमखोला मेला, यो कस्तो ः मायाजाल, नयाँ सम्बन्धको सुरुवात, भीमसेन पुजा, नाकले भुमेको कथा, सुर्जे र साइँलिको विहे, कुल पूजा, कचहरी, दुःखमा सुर्जे, सिकार खेल्ने, भाका, भुमे पुजा शिर्षकमा लोककथालाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

Previous articleनिम्सले लिए म्याग्दीबाट लिए एनआरएनए नागरिकता
Next articleतिहारमा पनि बिक्दैनन् मादल