म्याग्दीको बेनी नगरपालिका वडा नं ६ माझखेत गाउँका यूवा मन्दिर र चौतारी संरक्षणमा जुटेका छन् । ५ दशक भन्दा पूरानो पिपलको चौतारी,भगवती मन्दिर आसपासको क्षेत्रको संरक्षणका लागि स्वदेश तथा विदेशमा रहेका यूवाहरूको सक्रियतामा १ लाख ६७ हजार आर्थिक संकलन गरिएको छ ।

मन्दिर र चौतारी परिसरमा बेनीबजार सहित आर्कषक पेन्टिङ गरिएको छ । स्थानीय यूवाको प्रयासमा मन्दिर आसपासको स्वरुप नै परिवर्तन भएको छ ।

मन्दिर मर्मत तथा चौतारी प्लास्टर गरिनुका साथैसदरमुकाम बेनीबजार सहितको आर्कषक पेन्टिङ गरी घुम्न जानेलाई समेत बस्न मिल्ने संरचना बनाइएको निर्माण समितिका अध्यक्ष किशोर शर्माले बताए । उनले गाउँमा हुने भेला, बैठक, छलफल तथा विभिन्न कार्यक्रममा प्रयोग हुने गरी चौतारी मर्मत गरिएको बताए ।

संरक्षणको पर्खाइमा रहेको मन्दिर सहित चौतारीका लागि यूएईमा रहेका नविन केसी रिबलले आर्थिक संकलन गरी पुननिर्माण सहित संरक्षणको काम गरेका थिए ।

सदरमुकाम बेनीबजारबाट करिब आधाघण्टाको पैदलयात्रा पछि पुगिने मन्दिर परिसरमा ध्यान बस्न तथा विहान र बेलुकीको यात्रापछिको बिश्रामका लागि समेत उपयुक्त रहेको आर्थिक संकलन अभियानका केसीले बताए । मन्दिर परिसरबाट कोप्रे र उडाइन छहरा लगायतको मनोरम दृष्य देखिन्छ ।

युवाको पहललाई उदाहरणीय कार्य भएकोस्थानीय दलबहादुर खत्रीले बताए ।आफ्नो गाउँ बनाउन कस्सिएका युवालाई
बुढापाकाले समेत साथ दिएका छन् । धार्मिक महत्व बोकेको भगवती मन्दिर प्रचार प्रसार अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडि परेकोे थियो । यसैबिच मन्दिर र चौतारी संरक्षणमा आर्थिक, भौतकि र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply