भूकम्प पिडितलाई म्याग्दीबाट सहयोग

मानव अधिकार तथा शान्ति समाज म्याग्दीले जाजरकोट,रुकुम जिल्लामा विनाशकारी भुकम्पकनठ पीडितका लागि आर्थिक सहयोग गरेको छ । भुकम्पबाट भएको जन र धनको क्षतीप्रति दुख ब्यक्त गदैं शान्ति समाज म्याग्दीले सदस्यतहरुको सहभागितामा सम्बन्धित जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत सहयोग गर्ने गरी १८ हजार ६२० रुपैयाँ सहयोग गरेको हो।

जिल्ला शाखा म्याग्दीका सभापति हरिप्रसाद पौडेलका अनु्सार जाजरकोट जिल्ला विपद् ब्यवस्थापन समितिमा १० हजार र रुकुम पश्चिम जिल्ला विपद् ब्यवस्थापन समितिमा ८ हजार ६२० रुपैयाँ सहयोग गरेको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि सरकारी अभियानमा सहयोग गर्न समेत अपिल गरेको छ । मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय उपाध्यक्ष रामजीप्रसाद सुबेदीले प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार र राहत प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिए ।

Previous articleमोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु
Next articleपोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई