म्याग्दीको मंगला गाउँपालिका-३,बरंजा घर भई हाल बेनी नगरपालिका-८, क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता भएकी छन्। अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा कार्यरत सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएको बेपत्ता सापकोटाका भिनाजु कमलराज शर्माले बताए ।

‘अहिलेसम्म सम्पर्क हुन सकेको छैन,नातागोता इष्टमित्र सबैतिर खोज्यौं, सिसीटिभीको फुटेज हेर्दाकालिपुल आसपास देखियो’ शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको छ ।

सिसिटिभी फुटेज र मोबाइलको लोकेशेरको आधारमा कालिगण्डकी नदीको मिलनचोकसम्म र पर्वत बेनी आसपासका क्षेत्रमा खोजीकार्य गर्दा फेला नपारेपछि परिवारजन चिन्तित छन् ।

बेपत्ता पुष्पाका आफन्तले खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् । यता प्रहरीले समेत बेनीबजारदेखि मालढुंगासम्म खोजीकार्य तिब्र पारेको छ भने आफ्नो आधिकारिक फेसबु्क पेजबाट समेत हराएको सुचना जारी गरेको छ ।

Adv

Adv

Leave a Reply