जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ, आउ है राखु कोतमा भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो ।

धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण हिमालको काखँमा देखिने राखु भगवती गाउँको दृष्य छायाँकान गरि निर्माण गरिएको गितलाई फौद केसी यूट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।

 

भिडियो

उक्त गितको शब्द र स्वरमा फौद कटुवालसंगै लक्ष्मी मल्लले साथ दिनुभएको छ । गीतमा गायक एवम् संगितकार बसन्त थापाले संगित भर्नुभएको छ। मोडल यशु भट्टराई, गायक एवम् शब्द संकलन कटुवाल र दर्शन केसी लगायतको अभिनय रहेको भिडियो गीतको निर्देशन भुपेन बानियाँले गर्नुभएको छ।

गितमा राखु गाउँको एतिहासिक धार्मिकस्थल भगवती कोत मन्दिर र पछिल्लो समय पर्यटकीयस्थलमा विकसित भएको धौलागिरी आईसफल पदमार्गमा पर्ने रुईसे भेडिओढारलाई समेटिएर भिडियो निर्माण गरिएको छ।

उक्त गीत रेकर्ड गर्नका लागि विदेशमा रहेको राखुका दाजुभाईले र देउँसीभैलोमार्फत सहयोग जुटाएको कटुवालले बताउनुभयो ।

Leave a Reply