नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले देउसी भैलो खेलेको छ । जापानमा रहेका म्याग्देली सहित नेपालीलाई तिहारको रौनकतासँगै देउसीभैलामा सहभागी भएर शुभकामना आदानप्रदान गर्न मोना जापानले देउसी भैलो खेलेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मोना अन्तराष्ट्रियका यूवा संयोजक सचिन श्रेष्ठले विदेशमा रहे पनि नेपाली संस्कृति, परम्परा तथा संस्कारलाई निरन्तरता दिन देउसीभैलो आवश्यक रहेको बताए । उनले जन्मभूमिका कला र संस्कृतिलाई कर्मभूमीमा समेत प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

देउसीभैलो कार्यक्रममा मोना सल्लाहकार तिलक मल्ल, विशेष अतिथि रुद्ध बहादुर रेग्मी र कमला रेग्मी लगायत मोना जापानका पदाधिकारी, कार्यसमिति सदस्य र आजिवन सदस्यहरुको उपस्थिीत रहेको थियो । मोना जापानका महासचिव सागर कार्कीले सञ्चालन गरेको कार्यक्रमको समापन गदैं अध्यक्ष बिशाल क्षत्रीले नेपालको झल्को मेट्ने गरी देउसीभैलो खेलेको बताए ।

देउसीभैलोको कार्यक्रम संयोजक गणेश छन्त्याल, उपसंयोजक रेखा केसी र सदस्य गणेश बानियाँ रहेका थिए । देउसीभैलोमा संकलन भएको आर्थिक खर्च कटाएर संस्थागत गतिविधिमा खर्च गरिने जनाइएको छ ।

तिहारको अवसरमा देउसीभैलो नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीले पनि आफ्नो संस्कृति जोगाउनका लागि देउसी भैलो खेल्ने गरेका छन् । जताततै तिहारमा रौनक छाइरहेको बेला विश्वभर रहेका रहेका नेपालीहरूले पनि आफ्नो संस्कृतिलाई पछ्याएका छन् । नेपाली पहिचाहन झल्काउने पहिरहन लगाएर देउसी भैलो खेल्ने गरेका छन् ।

Leave a Reply