७ दिनदेखि बेपत्ता म्याग्दीको मंगला गाउँपालिका–३,बरंजा घर भई हाल बेनी नगरपालिका-८,क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटा अझै फेला परेकी छैनन् । तिहारको मुखमै कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएकी सापकोटाको चौतर्फी खोजीकार्य हुदाँ समेत फेला पर्न नसक्दा घरपरिवार चिन्तित छन् ।

‘खोजीकार्य सबै तिर भएको छ, कतै देखेमा प्रहरीलाई जानकारी दिनुहोला’ बेपत्ता सापकोटाका भिनाजु कमलराज शर्माले भने । उनका अनुसार मेडिकलमा काम गर्दागदैं निस्किएपछि प्रहरीको समेत सहयोगमा खोजीकार्य भइरहेको छ ।  पुष्पाकोे खोजी कार्य तीव्र भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख मदन कुँवरले बताए ।

‘सबै कोणबाट खोज्ने काम भइरहेको छ,देशभरिको प्रह्री नेर्टवर्कमा हुलियासहित फोटो सर्कुलर गरी खोज्ने काम भइरहेको छ’ प्रनाउ कुँवरले भने । यता पुष्पाका परिवारले जहाँ भएपनि परिवारको सम्पर्कमा आइदिन अपिल गरेका छन् । मेडिकलबाट निस्किएपछि गएको सिसीटिभी फुटेजका आधारमा कालिगण्डकी नदी र आसपासका जंगल क्षेत्रमा समेत खोजी भइरहेको छ ।

 

Leave a Reply