कोसेपानीको सिरेटोलाइ तताए कलाकारलसाँझको करिब ६ बजेको थियो । सयौँ दर्शकका नजर स्टेज तिर नै सोझिएका थिए । जब कार्यक्रम सञ्चालकले जोडतोडका साथ कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरे तब साँझको सिरेटोलाई हुटिङले जित्यो । रहुघाट र कालीगन्डकीको सिरेटोलाई चिर्दै चर्चित नृत्याङ्गना रबिना भण्डारीले सागितिक साँझको ढोका खोलिन । आफ्नो आकर्षक नृत्य मार्फत उनले चिसिएको माहौललाई जुरुक्क पारिन ।

पातलो शरीर मन्द मुस्कान दिइरहने पछिल्लो समयका व्यस्त तथा सुपर हिट गायक, सर्जक रवि कार्कीले सबैलाई ढोगेर आशीर्वाद लिँदै स्टेज चढे । आफू यही टाउको सन्तान भएको र सागितिक क्षेत्रमा पाइला चाल्न सुरु गरेको भन्दै सबैको माया आशीर्वादको अपेक्षा गरेको छ भन्दै रे रे साइँलो गीतबाट सॉगितीक प्रस्तुतिको ढोका खोले । उनले जाम सुस्तै गीत गॉउदा नाचेर साथ दिनेहरूले प्राणै भन्दा प्यारो छ म जन्मेको गाउँ, घुम्ती घुम्ती रोड गाउँदा सम्म कार्कीसँगै गॉउदै नाच्दै साथ दिए ।

सिरेटोको चिसो जति जति बढ्दै थियो त्यति नै माहौल सङ्गीतमय बन्दै गयो । सागितिक प्रस्तुतिकै लागी कोसेपानी सम्म आइपुगेकी अग्रज सर्जक, लोक तथा दोहोरी गायिका माया गुरुङले आफ्नो नयाँ आउने मौलिक गीत सुर्ती कॉचोपातको

सालैजो, पञ्चेबाजा लगायत घुम्ती घुम्ती रोड सम्म गाएर दर्शकसँगै नाचेर भरपुर मनोरञ्जन प्रदान गरिन । गुरुङ सँगै आएकी अर्की गायिका अनिता पन्तले समेत आफ्नो सागितिक प्रस्तुति दिइन । राती ९ बजे सम्म चलेको कार्यक्रममा लाइभ दोहोरी समेत गाइएको थियो ।

कार्यक्रम मार्फत मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगी, ग्राउन्ड निर्माणका लागी जग्गा दाता लगायत कलाकारहरू र पत्रकारलाई समेत मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । आफ्नो कला मार्फत आफ्नो जन्मस्थान सहित जिल्लालाई विश्वभर चिनाउन विशेष योगदान गरेको भन्दै गायक कार्कीलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरू अन्जु चोखाल, सोमीया परियार, सुदिपा चोखाल, अस्मी चोखाल, रितु बानियाँ, सक्रिया खत्री, सृजना परियार, शिवानी थापा, विशाल मल्ल, समीक्षा विश्वकर्मा, विनीता विक, स्वस्तिका विकले आफ्नो नृत्य पेस गरे । एन्जल एन्ड ग्रुपले लाइभ गायन प्रस्तुति दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालित खुल्ला नृत्य प्रतियोगिताको उपाधि प्रतीक्षा किसानले जितिन भने प्रतिज्ञा किसान पहिलो रनर अप र सिप्सन शर्मा सेकेन्ड रनर अप रहे । सांस्कृतिक संयोजक विशाल थापाले सहजिकरण गरेको कार्यक्रमको समापन वडा न ९ का वडाध्यक्ष चक्र केसीले समापन गरेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–९ कोसेपानी स्थित कोसेपानी युवा क्लबले दीपावलीको अवसरमा जिल्लामै पहिलो पटक आयोजना गरेको प्रथम वडाध्यक्ष कप-२०८० तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार सॉझ विभिन्न कलाकारहरूले प्रस्तुति दिएका हुन । कार्यक्रममा सञ्चालित वडा स्तरीय भलिबल, वडा स्तरीय प्रौढ भलिबलको फाइनल खेल आज सम्पन्न हुदैछ ।

Leave a Reply