म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रि कार्यकारी समितिले सल्लाहकार समिति चयन गरेको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले एक कार्यक्रमका बिचमोना आइसीसी अध्यक्ष ददिवल खड्का, पूर्व अध्यक्ष महेन्द्र खड्का, दीपक कार्की, निवर्तमान अध्यक्ष सचिन श्रेष्ठ , तिलक मल्ल्, राम खड्का, प्रेम पुन्, पिर्तम पुन्, निरज पुन्, सुन्दरमान श्रेष्ठ, लेनिन भट्टचन र जोन छन्त्याललाई सल्लाकार समितिमा चयन गरेको मोना जापानका प्रवक्ता कमल बानियाँले बताए ।

सोही अवसरमा हालै सम्पन्न भएको मोना आइसीको महाधिवेशनबाट अध्यक्षमा चयन भएका ददिवल खड्का सहित निर्वाचिनलाई मोना जापानका अध्यक्ष विशाल केसीले खादा ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए । त्यसै गरी सस्थाको आपतकालीन कोष निर्माण गर्ने उद्देश्यले २०२४ को अप्रिलमा म्याग्दी फेस्टिबलको तयारीका लागि कोषाध्यक्ष ज्ञानेन्द्र केसीको अध्यक्षतामा एक समिति समेत गठन गरेको छ ।

जापानमा रहेका म्याग्देलीको तथ्यांक संकलन गर्ने उदेश्यले विभिन्न पालिकाका संयोजक तोकेर सदस्यता वितरणको कार्य समेत अगाडी बढाइएको अध्यक्ष केसीले बताए। म्याग्दी फेस्टिबल सञ्चालनका लागि आवश्यक पर्ने तयारी तथा सभ्य र भब्य बनाउन तयारी समिति सहितको अध्ययन, रायसुझाव समेत संकलन गरिने अध्यक्ष केसीको भनाई छ ।

सोही अवसरमा महाबिर पुनको पुस्तक समेत वितरण गरिएको थियो । मोना जापानमार्फत ३५ पुस्तक ल्याइएकोमा केही बाँकी रहेको अध्यक्ष केसीले बताए । सम्मान तथा सल्लाहकार चयन कार्यक्रको सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

Leave a Reply