---Advertisement---

बेनीका डम्मरबहादुर घिमिरे म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान

On: November 24, 2023 5:11 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे दुई दशकदेखि ब्यवसाय सञ्चालन गरिरहेका बेनी नगरपालिका-२ खबराका डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुपमा सम्मान गरेको हो ।

ब्यवसायी घिमिरेले संगमचोकमा लभ्लिहिल टे«डर्समार्फत कारोबार गर्ने गरेका छन् । बि.स २०५८ सालदेखि सदरमुकाम बेनीमा होलसेल ब्यवसाय गरिरहेका घिमिरे निरन्तर ब्यवसायसँगै विभिन्न वर्तमान अवस्थामा विभिन्न चुनौतीका बाबजुत पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।उनले म्याग्दीमा ब्यवसाय गरिरहेकालाई कर शिक्षा सहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताए ।