आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक ब्यवसायीले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले कुवेतमा एजेन्डमार्फत भारत हुदै गैरकानुनी रुपमा कुवेतीको घरमा बेचिएकी चोखालको छोरी पूर्णिमा चोखाल र पुरन चोखाललाई १० हजार बराबरको शैक्षिक र खाद्यान्न साम्रागी सहयोग गर्नुभएको हो ।

शु्क्रबार विहान पीडित चोखालको घरमै पुगेर बेनी नगरपालिका वडा नं ८ न्यूरोड निवासी एवम् नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका गौतमले पूर्णिमा र पुरनलाई उच्च शिक्षासम्म प्रत्येक बर्ष आवश्यक पर्ने स्टेशनरी साम्रागी समेत सहयोगको घोषणा समेत गर्नुभयो ।

‘कुवेतमा समस्यामा परेको समाचारले भाबुक भएको थिए,जन्मदिन यो परिवारसँग मनाउन पाएको छुु’ ब्यवसायी गौतमले भन्नु्भयो ।

उहाँले घरायसी समस्याका कारण बाध्य भएर रोजगारको खोजीमा कुवेतमा पुगेर मालिकबाट चरम यातना भोगिरहेकी हिराकुमारीको परिवारको अवस्था देखेर भाबुक भएको बताउनुभयो । ‘मैले हरेक बर्ष स्टेशनरी साम्रागी सहयोग गर्नेछु, जन्मदिनको अवसरमा यहाँ आएर सहयोग गर्न पाउँदा खसुी लागेको छ’ गौतमले भन्नु्भयो ।

घरको चरम आर्थिक अवस्था, जटिल रोगबाट ग्रसित श्रीमान र छोराछोरीको शिक्षादिक्षाका लागि बैदेशिक रोजगारीमा पुगेर अलपत्र परेकी हिराकुमारीको छिटो उद्धारका लागि समेत अपिल समेत गर्नुभएको छ ।

जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो । जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन गदैं स्थानीय यूवा चिरञ्जीवि सुबेदीले अति आवश्यकता रहेको घरमा पुगेर जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोही अवसरमा पूर्णिमा र पुरनका बुबा गोविन्दबहादुर चोखालले उपचारमा खर्च र वित्तिय संस्थामा ऋण तिर्न श्रीमती विदेश गएपनि कुवेतीले शाररीक तथा मानसिक यातना दिएको गुनासो गदैं उद्धारका लागि एजेन्डले आर्थिक मागेको बताउनुभयो ।

Leave a Reply