वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेतमा घरेलु कामदारका रुपमा पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,घतानकी हिराकुमारी चोखालले उद्धारका लागि अनेक प्रयास हुदाँ समेत सफल हुन सकेको छैन ।

 

म्याग्दीकै मालिका गाउँपालिका–१ निस्कोटकी सुमित्रा दर्जी र बिमका एक महिलालाई समेत आर्कषक जागिरको प्रलोभनमा पारी घरेलु कामदारका रुपमा कुवेत पुगेपछि अहिले अवस्था दयनीय रहेको छ । नेपाल र भारत हुदै अवैधानिक रुपमा कुवेत मात्रै नभई खाडी मुलुकमा घरेलु कामदारका रुपमा पुगेका महिलाहरूले श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको छ ।

दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने वाध्यता, कतिपय यौन शोषणमा परेकाले अनिच्छुक गर्भ लिएर घर फर्किने बाध्य छन् । विमानस्थलमा सेटिङ मिलाएर खाडी मुलुक लैजान नपाएका घरेलु कामदारलाई तस्करहरूले भारतीय सीमानाका हुँदै गन्तव्य मुलुक पु¥याउँछन् ।

कुवेतमा अलपत्र परेका तीन म्याग्देली महिलालाई नेपाली दुतावासबाट उद्धारमा समेत चासो देखाइएको छैन । घरेलु कामदारका रुपमा जाने महिलाहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने र स्मार्ट मोबाइल चलाउन नजान्नेहरू समेत छन्। घरको चरम गरिबी, ऋणले थिचेपछि बाध्य भएर ज्यानको बाजी राखी दलालमार्फत घरमा काम गर्न जान बाध्य भएका महिला पटक–पटक नेपाली एजेन्डबाटै बेचिने गरेको समेत पाइन्छ ।

म्याग्दीबाट घरेलु कामदारका लागि खाडीमुलुक गएका महिलाको आधिकारिक तथ्याङ्क नभएपनि अन्य जिल्लाको तुलनामा म्याग्दीबाट श्रमस्वीकृत लिएर र भारतीय बाटो हुदै जानेको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

अबैध बाटोबाट घरेलु कामदारका रूपमा गएकालाई एजेन्डले बिक्री गरेपछि चरम यातना दिने गरिएकालाई उद्धारमा निकै समस्या हुने गरेको छ । भारत हुँदै अवैध रूपमा कतार, ओमन, कुवेत,इराक जोर्डन, दुबई, साउदी अरब, लेबनान लगायतका देशमा म्याग्दीबाट समेत महिला पुगेका छन् ।

घरेलु कामदारको रुपमा अबैध बाटोबाट जाँदा ज्यानकै जोखिम हुने अवस्थाका बारेमा म्याग्दीमा स्थानीय तह, सरोकारवाला निकायले समेत प्रचारप्रसार सहितका सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न नसक्दा हरेक बर्ष घरेलु कामदारका रुपमा पुगेका म्याग्देली चेलीको याचना विभिन्न माध्यमबाट सार्वजनिक हुने गरेको छ ।

म्याग्दीका स्थानीय तहले हरेक वडामा बैदेशिक रोजगारीमा गएकाहरूको तथ्याङ्क संकलन तथा घरेलु कामदारका रुपमा अबैध जान रोक्न जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार तथा सचेतनामुलक कार्यक्रमको प्रयास गरेपनि अझै प्रभावकारी हुन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोतकेन्द्रमा प्रयाप्त संरचना र उपकरण समेत छैन् । त्यस्तै प्रवासमा अलपत्र परेकाहरूले समेत आफूलाई पर्ने समस्या र समस्या परेमा सम्पर्क गर्ने स्थानबारे पनि अझै प्रयाप्त जानकारी पाएका छैनन् । खाडीमुलुकमा जाने नेपाली महिलाको सुरक्षा र अवैधमार्गबाट जाने कार्य रोक्न कानुनी संयन्त्र नहुँदा घरेलु कामदार अझ असुरक्षित भएका छन ।

सरकारले घरेलु कामदारको रोजगारी र पूर्ण सुरक्षाको ग्यारेन्टी हुने गरी श्रम सम्झौता गरी अबैध बाटोबाट जाने कार्यलाई बन्द गर्नुपर्छ । अवैधानिक रुपमा गएको भए पनि तिनको उद्धार गर्न र अवैधानिक रुपमा जानेलाई शून्यमा झार्न स्थानीयस्तरमै सूचना संकलन र सचेतनामुलक कार्यक्रम बस्तीबस्तीसम्म पु¥याउनुपर्छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोना राष्ट्रिय कार्यकारी समितिमार्फत अहिलेसम्म भएका काम निकै प्रशंसनीय छ ।

अब पनि मोनाले समस्यामा परेकालाई आकस्मिक उद्धार सहितका कार्यमा सरकारी संयन्त्रसँष्न जिक भएर काम गर्नुपर्छ । विभिन्न किसिमका तालिम, गोष्ठीमा हरेक बर्ष बजेट विनियोजन गर्ने म्याग्दीका स्थानीय तहले बैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी सचेतनामुलक कार्यहरू सञ्चालन गर्नुपर्छ । अवैधानिक रुपमा विदेशमा कार्यरत नेपालीको समस्यामा परेमा अनेक बाहना देखाउँदै पन्छिने प्रबृत्ती त्याग्नुपर्छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply