चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आधार क्षेत्रमा अवस्थित हिमताल जमेर चट्टानझैं भएको छ । समुन्द्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटक जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन् ।

अन्नपूर्ण हिमालको आधार क्षेत्रको प्रमुख आर्कषकको केन्द्र मानिने पञ्चकुण्ड ताल पाँच भागमा बनेको करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल कडा चट्टानजस्तै जमेपछि आन्तरिक तथा बाह्य पर्यटक तालको मध्यभागसम्म पुगेर रमाउने गर्दछन् ।

चिसो बढेसँगै तालभित्र रमाउनका लागि समेत पर्यटक त्यहाँ पुग्ने गर्दछन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ ।

अत्यधिक चिसोले अन्नपुर्ण आधार क्षेत्रमा पर्ने साना ताल, बगिरहेको झरना र खोलाहरू जम्न थालेका छन्। चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ,भविस्यमा खेल पर्यटनको सम्भावना समेत छ’ सुबेदीले भने । करिब २० हजार बर्गकिलोमिटर अनुमान गरिएको तालकोपानी जमेर समथर बनेको अवस्थामा खेलपर्यटनसँग समेत जोड्न सकिने बताए ।

निलो देखिने ताल जमेको अवस्थामा झनै सुन्दर देखिने गरेको छ । नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) हिमालबाट हिउँ पग्लेर ताल बनेको छ। तालको माथिल्लो क्षेत्र हुदै अन्नपूर्ण हिमालको आरोहणका लागि जाने क्याम्प १ तर्फ जाने बाटो तथा आसपासका क्षेत्रमा भने हिमपात भएको छैन।

अत्याधिक चिासोका कारण ताल जमेपनि पदैलमार्ग हुदै बेसक्याम्प सम्म पुगेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्ध बहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटीका पूर्व सदस्य सचिव रामहरी लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, नारच्याङका व्यवसायी तेज गुरुङ, लगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका संचारकर्मी तथा स्थानीय अगुवाहरु सहितको २५ जनाको टोली हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाईमा रहेको नारच्याङ पञ्चकुुण्ड ताल हुुदै आधार शिविर सम्म पैदलयात्रा गरेका थिए ।

पैदलयात्राका क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, ईञ्जिनियर ईश्वर भण्डारी र राजस्व अधिकृत नविन भट्ट लगायत प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पुुर्वाधार र नक्साङकनका लागि सर्वेक्षण पनि गरेको छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ। अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा आर्कषक यही पञ्चकुण्ड ताल मानिन्छ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुन्छ।आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्। चालु आवमा सामुदायिक लज सहितका अन्य संरचना बनाउने तयारी समेत भइरहेको छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रचेका थिए।, मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। तस्वीर सौजन्य अमृत विश्वकर्मा

 

Leave a Reply