गायक सुरज श्रेष्ठको गीत ‘बेनी बजारमा’ सार्वजनिक

गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन्।सुरजको स्वरका लागि दीपक शर्माले रचना गरेको गीतमा दीपक आफैँले संगीत दिएका छन्।

 

गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवं पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुश्माको शताब्दी घरलाई राखिएको छ। कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले अभिनय गरेका छन्।

भिडियोलाई अनिल के. मानन्धरले छायांकन तथा मनोज कार्कीले सम्पादन गरेका छन्। ०६० सालदेखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो।संगीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डिजे सन्तोषलगायतको संगीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुइयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ कि, लाग्दैन निद्रालगायतका गीतहरू चर्चित छन्।

 

Previous articleमानव बेचबिखनको तारो गाउँका युवती
Next articleअन्नपूर्ण हिमालको ‘रोयल्टी’मा गाउँपालिकाको दाबी