---Advertisement---

कुहुँ स्वास्थ्यचौकीद्धारा जग्गादातालाई र उपकरण सहयोग गर्नेलाई सम्मान

On: December 2, 2023 12:52 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ स्वास्थ्य चौकीको भवनका लागि जग्गादान गर्ने एक दम्पत्ती सहित सहयोगदातालाई सम्मान गरिएको छ । जिर्ण रहेको स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर सहित सुविधासम्पन्न भवन बनाउन स्वर्गीय छोरा कृष्णबहादुर थापाको स्मृतिमा तीन रोपनी जग्गादान गर्ने स्थानीय समाजसेवी डम्मरबहादुर थापा र श्रीमती नन्दकली थापालाई सम्मान गरिएको हो ।

कु्हुँ स्वास्थ्य चौकीले आयोजना गरेको सम्मान कार्यक्रममा कुल ८ लाख बराबरको सहयोग गर्ने थापा दम्पत्तीलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, बिशिष्ट अतिथि मंगला गाँउपालिका अध्यक्ष सतप्रसाद रोकाले दोसल्ला र कदर पत्र सहित सम्मान गर्नुभयो ।

सोही अवसरमा स्वास्थ्य चौकीलाई उपकरण सहयोग गर्ने निर्वतमान वडा अध्यक्ष डेकबहादुर राम्जाली, हरियाली आमा समुह,नारायण पुन,सुरेश पुन, धनलाल रोका लगायतलाई समेत सम्मान गरिएको थियो ।  सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस उपप्रमुख खत्रीले जिर्ण अवस्थामा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई समुदायको सक्रियता र पहलमा सुविधासम्पन्न भबन बनाउन सफल भएको बताउनुभयो ।

त्यस्तै बिशिष्ट अतिथि गाउँपालिका अध्यक्ष रोकाले वडास्तरमै स्वास्थ्यको सहज पहुँचका लागि समुदायको सहयोग अतुलनीय रहेको बताउनुभयो । आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे ।

सोही अवसरमा दिपशिखा माविका प्रअ डा. नन्दबहादुर खत्री, पुर्णमायाँ शेरपुञ्जा,गौमति रोकाले मन्तब्य राख्नुभएको थियो। स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष एकजित रोकाले स्वास्थ्यचौकीलाई समयअनुकुल स्तरोन्नती गरी सहज स्वास्थ्य सेवा प्रवाह गर्न सहयोगदाताबाट भविस्यमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सहयोगदाता सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत अनमी भविसरा रोका र सञ्चालन स्वास्थ्यचौकी प्रमुख मायाँकुमारी अधिकारीले गर्नुभएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।