दिपक माविमा प्राईम कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम

प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं १० पात्लेखेतको दिपक माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत आयोजित कार्यक्रममा शिक्षक र विद्यार्थी सहित ४५ जनाको सहभागिता रहेको थियो ।

बैंकका शाखा प्रवन्धक मुरारी रिजालले विद्यार्थीको फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास गर्न वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको बताए । कार्यक्रममा प्राईम बैंकका बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा जानकारी गराइएको थियो ।

बैंकका शाखा प्रबन्धक रिजाल र कर्मचारी शिबप्रसाद सुबेदीले सहजीकरण गरेका थिए ।  विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमले वित्तिय पहुँच र शिक्षालाई सहज बनाउने विद्यालयका प्रधानाध्यापक बिष्णु ढुंगानाले बताए ।

उनले आगामी दिनमा पनि सहयोग गर्न समेत बैंकलाई अनुरोध गरे । बैंकले यसअगाडी विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सहित सहयोग समेत गरेको थियो भने ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरण गर्ने गरेको छ ।

Previous articleकुहुँ स्वास्थ्यचौकीद्धारा जग्गादातालाई र उपकरण सहयोग गर्नेलाई सम्मान
Next article८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य बजेट कार्यान्वयन कार्ययोजना