म्याग्दी जिल्लामा जन्म भइ अमेरिकालाई कर्मथलो बनाउँदै आएका युवा पुस्ताका मोडल, सर्जक तथा गायक सज्जन बोहोराले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । म्याग्देली गायिका कुमारी चेपाङसँग मिलेर बोहोराले ‘बन चरी’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका हुन् ।

लामो समयपछि गाउँमा फर्केका प्रेमीले आफ्नो प्रेमिका नभेटेपछिको छटपटीलाई गीतले बोलेको छ भने भिडियोलाई त्यही कथामा बुनिएको छ । बोहोरा स्वयंका शब्द संगीत रहेको गीतमा स्वर चेपाङ र बोहोराको नै रहेको छ । चेतन गोतामेले संगीत संयोजन गरेको गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने म्युजिक भिडियोमा बोहोरासँग जुनु एसडीले कम्मर मर्काएकी छिन् ।

बोहोराको आफ्नै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । अन्य सिर्जना जस्तै यो सिर्जनालाई पनि दर्शकले रुचाउनेमा बोहोरा आशावादी देखिएका छन् ।

Leave a Reply