बेलायतको ह्याम्पशायर अस्पतालमा कार्यरत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाकी योमायाँ पूर्जालाई सवोत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । अस्पतालको हेरचाह र सरसफाईको यूनिटमा कार्यरत पूर्जालाई बिरामी र आगन्तुकहरूको उच्चतम गुणस्तरर सेवाहरू गदैं बिरामीको वार्डलाई सुरक्षित वातावरण र संक्रमणबाट समेत मुक्त गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेको १३ वटा वार्डहरुमध्ये विशेषज्ञ हेरचाह बेबी यूनिटमा १ सय प्रतिशत नै सफलता प्राप्त गरेको, अन्य कर्मचारी बिरामी र आफन्तलाई मिठो ब्यवहार गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । सम्मानित भएपछि योमायाँले आफ्नो कामको मुल्यांकन भएकोमा उत्साहित भएको बताईन् ।‘मैले बिरामीलाई खुसी बनाएर पठाउँछु, आफ्नो जिम्मेबारीलाई सधै पूरा गरेपछि मात्रै फकिन्छु’ योमायाँले भनिन् ।

उनले अस्पतालमा आउने बिरामी र उनका आफन्त उपचार लिएर फर्किदा खुसी हुनु नै सबैभन्दा ठूलो सफलता भएको बताईन् ।अस्पतालमा चिकित्सको सेवासँगै सरसफाई र बिरामीको हेरचाह समेत ठूलो काम भएकाले सबैले आफ्नो जिम्मेबारी पूरा गरे बिरामीलाई सहज हुने बताईन् ।

सम्मानित हुने योमायाँका बारेमा ह्याम्पशायर अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा समेत योमायाँका बारेमा बालबालिकालाई सम्मान गर्ने, सधै मुस्कुराउँदै काम गर्ने र जिम्मेबारीमा हुदाँ आफ्नो काम र लक्ष्यलाई पहिलो प्राथमिकता दिने गरेको भन्दै प्रशंसा गरेको गरेको योमायाँकी देवर कमलबहादुर पूर्जाले बताए ।  ह्याम्पशायर बेलायतको एक प्रतिष्ठित अस्पताल हो ।

 

Leave a Reply