मलेसियाको एक अस्पतालमा म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेका का २६ बर्षिय दिपक छन्त्यालको निधन भएको छ । रोजगारको सिलसिलामा मलेसियामा पुगेका छन्त्याल अचानक बिरामी भएपछि ३६ दिन अगाडी अस्पतालमा भर्ना भएका थिए । शरीरका विभिन्न अंगमा समस्या देखिएपछि सरकारी अम्पाङ्ग अस्पतालमा भर्ना भएका छन्त्यालको सोमबार निधन भएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बताए ।

’कानु्नी प्रक्रिया पूरा गरी शब पठाउँछौ, धेरै प्रयास गर्दा पनि बचाउन सकिएन‘ अध्यक्ष रोकाले भने । उनका अनुसार छन्त्यालको मुटु र मृगौलामा खरावी देखिएपछि आइसियूमा अक्सिजनको सहायतामा उपचार भइरहेको थियो ।

छन्त्यालको उपचारमा मोना अन्तराष्ट्रियले समेत सबै राष्ट्रिय कार्यकारी समितिमार्फत आर्थिक संकलन समेत गरेको थियो भने कुईनेमंगलेबाट विभिन्न देशमा रहेका स्थानीयले समेत उपचारमा आर्थिक जुटाइरहेका थिए । उपचार भइरहेको अवस्थामा छन्त्यालका बुबा समेत मलेसियामा पुगेका थिए ।

कम्पनीमा सुतिरहेको अवस्थामा बिरामी भएपछि साथीहरुको सहयोगमा अस्पतालसम्म पुगेका छन्त्यालको सरकारी अस्पतालमा उपचार भएकाले नेपाली दुतावासमार्फ उपचार खर्च छुट तथा शब नेपाल ल्याउन समेत आवश्यक कागजी प्रक्रिया भइरहेको छ ।

यसैबीच मोना मलेसियाले उपचारार्थ छन्त्यालको निधनबाट स्तब्ध भएको जनाएको अध्यक्ष रोका र महासचिव केशबहादुर बहादुर रोका मगरले शोक नोटमार्फत परिवारलाई समवेदना प्रकट गरेका छन् । दिपक ६ बर्ष पहिले मलेसिया पुगेका थिए।

Leave a Reply