म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खोपिल्टाकी ५० बर्षीया एक महिला ९ महिनादेखि बेपत्ता महिला अझै फेला परेकी छैनन् । बि.स २०७९ चैत्र १३ गते देखि आफ्नै घरबाट बेपत्ता भएकी ५० वर्षीया बिजुला खत्रीको खोजीमा परिवारका सदस्यहरू भौँतारिइरहेका छन् ।

घरबाट हराएकी खत्रीको मुस्ताङ, म्याग्दी, बागलुङका साथै आफन्तकोमा समेत खोजीकार्य गरिएको थियो । बेपत्ता खत्रीका श्रीमान कर्णबहादुर राईले  आत्महत्या वा कुनै ठाउँमा गएको भन्ने अहिलेसम्म पत्ता नलागेको बताउनुभयो । धेरै खोजीकार्य गरेपनि अहिलेसम्म कतै फेला परेको खबर नआएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाबाट अनुगमनको क्रममा उक्त क्षेत्रमा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष दिवा पुनले एक्कासी बेपत्ता भएको अवस्थामा गाउँलेले समेत लामो समयसम्म खोजीकार्य गरेको पाइएको बताउनुभयो ।बेपत्ता खत्री एकाएक बेपत्ता भएको दिनदेखि नै खोजीकार्य भएपनि फेला नपरेको स्थानीयको भनाई छ ।

परिवारका सदस्यले खोजीकार्यका लागि प्रहरी कार्यलयमा पनि निवेदन दिएका थिए । बेपत्ता खत्रीको ३ छोरीले विवाह गरेर गइसकेको र श्रीमानसँग दुई छोरा छन् । आर्थिक अवस्था अत्यन्न नाजुक रहेको अवस्थामा स्थानीयले सहयोग समेत गर्ने गरेका छन् ।

Leave a Reply