म्याग्दीको सदरमुकाम बेनीमा जारी २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङले विजयी सुरुवात गरेको छ । बुधबार विहानको उद्घाटन खेलमा बुद्ध एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै गतबर्षको विजेता मंगला गाउँपालिका–५ अर्मन छिस्वाङको सारदा माविले सुखद सुरुवात गरेको हो ।

त्यस्तै दोस्रो खेलमा प्रकाश मावि बेनीलाई मालिका गाउँपालिका–५ देविस्थानको गौगमबस्त्र माविले २–३ गोलले पराजित गरेको छ ।

प्रतियोगिताको उपाधीको दावेदार मानिएको प्रकाश माविलाई स्तब्ध पादैं गौगमबस्त्रका खेलाडी दोस्रो चरणमा प्रवेश गरे । प्रतियोगिताको उद्घाटन र दोस्रो खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । मंसिर १९ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता २३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले बताए ।

यसपटक प्रतियोगितामा सदरमुकाम बाहिरबाट आएका विद्यालय समेत उपाधीका दावेदार छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले बताए ।

 

Leave a Reply