नेपाली समाजमा एउटा उखान ‘भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्’ दृष्टिविहिन सुस्मिता विकको जीवनमा यो उखान ठाक्कै मिलेको छ । जन्मजात दृष्टिविहिन सुस्मिता विहानै भोकभोकै घरबाट निस्किछिन् ।

सुस्मिता बिरामी छिन् । पाठेघर र मुटुमा समस्या देखिएकी सुस्मिताको खुट्टा सुन्निएको छ । दुखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुदाँ समेत छोराछोरी र आफ्नो गुजारा गर्न छोरा र सहयोगी लिएर बेनीबजार आउँछिन् ।

मंगलबार बिहान बेनी अस्पतालमा उपचारका लागि आएकी सुस्मिता दिउँसो बेनीबजारस्थित बिरेन्द्रचोकमा साँझ बिहानको छाक टार्न विद्यालयमा जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेकी छिन् ।

चिसोले शरीर सुन्निएकाले गीत गाउँदागाउँदै उनको आवाज रोकिन्छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम घर भई हाल पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा सानो कोठा लिएर बस्छिन् ।

छोराछोरीलाई नयाँ लुगा,मिठो खानेकुराभन्दा पनि दुई छाक पेटभरी खुवाउन समेत सुस्मिताले एक्लै संघर्ष गरिरहेकी छन् । श्रीमान समेत लामो समयदेखि पोखरामा छन् ।

दृश्यमात्रै होइन जीवनमा नै अन्धकार छाएको सुस्मिताले छोरालाई सँगै लिएर पीडा, बेदनाले भरिएको गीत गाउँदै सडकमा सहयोग जुटाउने गरेको बताईन् । ‘बिरामी भएर अहिले गीत गाउन समेत नसक्ने अवस्थामा छु, बिहान भोकै उपचारका लागि बेनी अस्पताल आएको थिए, अहिले गार्उँदै छु’ सुस्मिताले बेनीअनलाइनलाई भनिन् ।

उनले विहान भात नखाएको महिनौ भयो । दिनभरि गीत नगाए बेलुकी छोराछोरीका लागि घरको चुल्हो बल्दैन । सुस्मिताले दृष्टिविहिनका पीडा र गरिबी झल्किने गीतमार्फत बटुवालाई समेत भाबुक बनाउँछिन् । हातमा माइक्रोफोन समातेर अगाडी उभिएकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन् ।

बेलुकी खाने समेत खाद्यान्न नभएपछि सुस्मिताले छोरालाई विद्यालयकै पोशाकमा विद्यालय नपठाई आफुँसँगै राखेर सहयोग जुटाइरहेकी छन् । उनलाई आफन्तले म्यूजिक बजाउने, सहयोग जुटाउने र एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सहयोग गरेकाले सहज भएको छ ।‘घरमा भात खाने चामल समेत छैन्, छोराछोरीको पढाइमा समेत असर गरेको छ’ सुस्मिताले भनिन् ।

मुटु र पाठेघरको समस्या बोकेर हिडिरहेकी सुस्मिताले दिनभरी मुस्किलले १५ सयसम्म जम्मा गरेर खाद्यान्न लिएर दैनिक घर जान्छिन् । ‘जाडोसमयमा लत्ताकपडा नहुदाँ चिसो रातमै विताउनुपर्छ,‘जुत्ता किन्ने पैसा समेत नहुदाँ छोराछोरीलाई चिसोमा पनि चप्पलमै विद्यालय पठाउँछु’ उनले भनिन् । सुस्मिताको एक छोरा र चार छोरी छन् ।

छोराछोरी पढाउनदेखि सबै घरखर्च उनको गीतबाट जुटाउनुपर्ने बाध्यता छ । उनले आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिड्ने बटुवा, ब्यापारीको समेत आँखा पनि रसिलो हुन्छ । उनले दृष्टिविहिनको पीडा स्थानीय सरकारले नसुनेको, आफ्नो समस्याले छोराछोरीलाई दुख भएको जस्ता गीतहरु गाउँछिन् ।

दृष्टिविहिन भएकैले सुस्मिता र उनका श्रीमानले ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्नुपरेको छ । उनले आफुँ र छोराछोरी बिरामी हुदाँ बाहेक यसरी नै गित गाएर सहयोग जुटाउने बताईन् ।

सुस्मिताको स्वर मिठो छ । हुने खानेले हुँदा खानेलाई ठूलो मन बनाएर सानो सहयोग गरिदिने हो भने समाजमा कोही पनि भोको नरहने अवस्था आउँछ। चरम गरिबी र दृष्टिविहिन भएकै कारण सुस्मितालाई अहिले बिरामी अवस्थामा पनि सहयोग जुटाउँदै हिड्नुपर्ने बाध्यता छ। सहयोग गर्न चाहनेले सुस्मिता विक ९८०६६९९५६०

Leave a Reply