म्याग्दीको स्थानीय तहमा समेत धमाधम ब्याडमन्टिन संघ गठन सुरू भएको छ । पछिल्लो समय म्याग्दीमा जिल्ला, क्षत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगिता समेत आयोजना हुन थालेपछि म्याग्दी जिल्ला ब्याडमिन्टन संघले सबै स्थानीय तहमा ब्याडमन्टिन संघ गठनको अभियान अन्तरगत मंगला, मालिक र धवलागिरी गाउँपालिकास्तरीय ब्याडमिन्टन संघ गठन भएको छ ।

मंगला गाउँपालिकाका खेलाडीहरुको भेलाबाट बेलबहादुर कार्कीको अध्यक्ष, उपाध्यक्ष केशव जुग्जाली, राजकुमार पाण्डे, कुमार किसान, अभिषेक नेपालीसचिव रविन्द्र बुढाथोकी र कोषाध्यक्ष गोविन्द रोका रहेको १५ सदस्यीय समिति गठन गरेको छ ।

त्यस्तै निशान गुरुङको अध्यक्षमा मालिका गाउँपालिकास्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । संघको उपाध्यक्ष मनविर सिउथानी यमन पुर्जा, किशोरसिंह ठकुरी,थमन गौतम, सचिव नगेन्द्र मल्ल र कोषाध्यक्ष पदम पूर्जा छन् ।

यसैबीच धौवलागिरी गाउँपालिकामा आयोजित भेलाबाट मदन मल्लको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण खत्री,नगेन्द्र मल्ल, योगेन्द्र खत्री, विश्वास भण्डारी, सचिव अनिश भण्डारी र कोषाध्यक्ष बिरु भण्डारी रहेको १५ सदस्यीय समिति गठन भएको म्याग्दी जिल्ला ब्याडमिन्टन संघका सचिव भरत थापाले बताए ।

पालिकास्तरीय समिति गठनमा म्याग्दी जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष हिमालय कार्कीले जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरी विद्यालयदेखि नै ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताए ।

म्याग्दी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कार्की, सचिव थापा र कोषाध्यक्ष टिकप्रसाद पूर्जाको उपस्थितीमा समिति गठन भएको थियो । जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा भने गठन भएको छ । म्याग्दीका सबै स्थानीय तहमा ब्याडमिन्टनका लागि पूर्वाधार तथा हरेक स्थानीय तहमा कवर्डहल निर्माण गर्न समेत खेलाडीले माग गरेका छन् ।

Leave a Reply