नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको रकालले जानकारी दिनुभयो ।  ‘पहिलो पटक तयारी नपुगेका कारण स्थगित भएको थियो दोस्रो पटक भुकम्पका कारण देश नै शोकमा भएका करण हुन सकेको थिएन ।’ १ गते हुने कार्यक्रमको तयारी अन्तिम चरण रहेकोे रकालले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने कांग्रेसले जनाएको छ । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।

Leave a Reply