---Advertisement---

कालिगण्डकी नदीमा मलामीले गरेको फोहोर संकलन गरी बिर्सजन

On: December 13, 2023 10:15 AM
Follow Us:

म्याग्दीको बेनीस्थित कालिगण्डकी नदीमा मृत्युपछि पार्थिव शरीरलाई अन्त्येष्टिमा सहभागी मलामीले गरेको फोहोर संकलन तथा विर्सजन गरिएको छ ।

कालिगण्डकी नदीमा अन्तेष्टीमा सहभागी मलामीले पानीको बोतल, अन्य प्लास्टिकजन्य फोहोर, कपडाहरु छोड्दा फोहोर थुप्रिएपछि वडा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र न्यू दोभान युथ क्लवका अध्यक्ष उपेन्द्र गिरीको अगुवाईमा सरसफाई गरिएको छ।

कालिगण्डकी नदी, चौतारी, हेलिप्याड तथा म्याग्दी नदी आसपासका क्षेत्रमा गरिएको फोहोर संकलन गरी बिर्सजन गरिएको न्यू दोभान युथ क्लवका अध्यक्ष गिरीले बताए । ‘पानीको बोतल खाएपछि बिर्सजन गर्ने ठाउँ पनि छ,‘कालिगण्डकी नदीलाई सबै मिलेर सफा र सुन्दर बनाउनुपर्छ’ क्लव अध्यक्ष गिरीले भने । उनले वडा अध्यक्ष श्रेष्ठसँगै सरसफाई गरिएको बताए ।

यता वडा अध्यक्ष श्रेष्ठले शब जलाइसकेपछि बाँकी रहेको दाउरा यत्रतत्र छोडिएको, कपडा, औषधी, कपाल, ब्लेड, पानीका बोतल, शव पोलेपछ खरानी, शव ल्याउन प्रयोग गरिएका बाँसलगायत सामग्रीको ब्यवस्थापन गर्न समेत अपिल गरेका छन् । कालिगण्डकी नदी बाहिर फोहर सङ्कलन गरी फोहर सङ्कलन गर्ने नगरपालिकाको गाडीमार्फत विर्सजन समेत गर्न सकिने वडा कार्यालयले जनाएको छ ।