---Advertisement---

अन्तर मावि हाँजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट पोइन्ट प्रथम

On: December 13, 2023 7:04 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित लिटल गार्डेन एकेडेमीले २० औं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित तेस्रो जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवसिय मावि प्रथम भएको छ।

प्रतियोगितामा लिटल गार्डेन एकेडेमी दोस्रो र पोलत्स्य माध्यामिक विद्यालय तेस्रो भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताए ।  प्रतियोगितामा विजेतालाई रनिङ ट्रफी, नगद ८ हजार, ६ हजार ३ हजार र प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।

पहिलो र दोस्रो रनिङ शिल्ड आयोजक लिटल गार्डेनले जितेको थियो । प्रतियोगितामा जिल्लाका ११ विद्यालयबाट सहभागिता रहेको थियो । बार्षिकत्सवको अवसरमा स्वास्थ्य परीक्षण, अभिभावक खेलकुद, सदनस्तरीरको खेलकुदका साथै विभिन्न कार्यक्रमहरु भइरहेको छ ।